धाेनीले विश्वकपपछि साँच्चै सन्यास लेलान् त ?

 असार १८, २०७६ बुधबार १८:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

उत्कृष्ट फिनिसरको उपमा पाएका भारतीय विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी जारी विश्वकपमा आलोचित बनेका छन् ।

इंग्ल्याण्डसँगको म्याचमा उनले जानी जानी खेल हराएको भन्दै खुबै आलोचना भयो भने अफगानिस्तानविरुद्धको खेलमा थोरै रन बनाउँदा पनि उनकै कारण रहेको भन्दै आलोचना गरियो । धोनी जारी विश्वकप खेल्ने सर्वाधिक पाका उमेरमध्येका एक खेलाडी पर्छन् ।

महेन्द्रसिंह धोनीको यो विश्वकप अन्तिम विश्वकप भनेर यसअघिदेखि नै सार्वजनिक भएको कुरा पनि हो । विश्वकप हरेक चार वर्षमा हुने हुँदा पक्कै पनि धोनीले अर्को विश्वकप खेल्ने छैनन् । उनले चाँडै सन्यास लिने बताइए पनि मिति भने ठ्याक्कै घोषणा पनि भएको छैन । तर भारतीय सञ्चारमाध्यम ‘प्रेस ट्रस्ट अफ इन्डिया’ ‘पीटीआई’ लाई उद्धृत गर्दै धोनीले विश्वकपलगत्तै सन्यास लिने दावी गरेका छन् ।

पीटीआईले बीसीसीआईका एक अधिकारीलाई उद्धृत गर्दै धोनीले विश्वकपको अन्तिम खेलपछि सन्यास लिने बताइएको छ । भारत जारी विश्वकपको सेमिफाइनलमा पुगिसकेको छ ।

भारतले लिग चरणमा अझै श्रीलंकासँग खेल्न बाँकी छ भने फाइनल पुगे अब तीन खेल खेल्नु पर्नेछ । त्यसैले कम्तिमा तीन खेलपछि सन्यास लिने दावी गरिएको छ । पीटीआईको खबरलाई आधार मान्ने हो धोनीले विश्वकपको फाइनलमा भारत पुगे १४ जुलाईमा हुने खेल नै अन्तिम हुने छ । बीसीसीआईका ती अधिकारीले भने, ‘धोनीको बारेमा केही भन्न सकिँदैन, तर कुरा के हो भने विश्वकपपछि पनि उनी एक दिवसीय क्रिकेट खेल्लान् भन्ने मलाई विश्वास छैन ।

‘भारतका सर्वाधिक सफल कप्तानको छवि बनाएका धोनीले कप्तानी पनि यति चाँडै छाड्लान् भन्ने कसैले अनुमान नै नगरेकाले यस पटक पनि त्यस्तै अप्रत्यासित खबर आउन सक्छ’, ती अधिकारीको दावी थियो ।

धोनीले जारी विश्वकपमा अहिलेसम्म २२३ रन बनाएका छन् । उनलाई अहिले स्ट्राइक रोटेट गर्न निकै गाह्रो परिरहेको छ । साथै ठूलो प्रहार गर्न पनि उनी लगातार असफल भइरहेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया