यसरी सुरु भएको थियो सोनम कपूर र आनन्द आहुजाको प्रेम सम्बन्ध

 असार १८, २०७६ बुधबार १९:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री सोनम कपूरले सन् २०१८ मे ८ मा भारतीय व्यवसायी आनन्द आहुजासँग प्रेम विवाह गरिन् । 

विवाहको एक वर्षपछि सोनमले एक अन्तरवार्तामा उनको र आनन्दको भेट कसरी भएको थियो र आनन्दसँगको प्रेम सम्बन्धको विषयमा कुराकानी गरेकी छिन् । सोनमका अनुसार सुरुमा आनन्द मध्यस्थकर्ता बनेर आफ्ना मिल्ने साथीलाई सोनमसँग कुराकानी गराउन लैजाने गर्दथे । सोनम त्यसबेला आनन्दसँग स्कुलकी शिक्षिकाले जस्तै गरी सवाल जवाफ गर्थिन् ।  

सोनमले भनेकी छिन्, ‘मेरा साथीहरु आनन्दका मिल्ने साथीसँग मेरो कुरा मिलाउन चाहन्थे । यसै क्रममा मेरो र आनन्दको भेट भएको थियो । पहिलो पटक आनन्दसँग भेट्दा म ‘प्रेम रतन धन पायो’ को प्रचारमा व्यस्त थिएँ । एक दिन साँझ मेरा साथीहरुले मलाई ताज होटलको बारमा लिएर गए । मैले आनन्द र उनका साथीलाई देखेँ । आनन्दका साथी म जस्तै अग्ला थिए । मलाई जस्तै उनलाई किताब पढ्ने रुची थियो । र उनी हिन्दी फिल्म मन पराउँथे । तर उनमा म मेरो भाइ हर्ष देखिरहेकी थिएँ । त्यसपछि मैले भनेँ– 'साथीहरु उ हर्ष हो । म ती व्यक्तिलाई डेट गर्न सक्दिन ।’ 

सोनमले अगाडि भनिन ‘कसैले सोचेकै थिएन कि म र आनन्द एक साथ हुन सक्छौँ । किनकी हामी दुवै एक अर्कादेखि निकै अलग छौँ । उनलाई यो कुरा पनि थाहा थिएन कि अनिल कपूर मेरा पिता हुन् । मैले त्यो पूरा साँझ आनन्दसँगै कुरा गरिरहेँ । आनन्द मध्यस्तकर्ताझैं उनका साथीसँग मेरो कुरा गराउने कोसिस गरिरहेका थिए । तर हामीबीच धेरै लामो कुरा भयो ।’

सोनमका अनुसार आनन्दले पहिलो पल्ट उनलाई म्यासेज गर्दा रातिको २ः३० बजेको थियो । एक दिन आनन्दको फेसबुक फ्रेण्ड रिक्वेस्ट आयो र सँगै म्यासेज पनि थियो, जसमा लेखेका थिए ‘के तिमी अझै पनि सिंंगल छौ । किनकि कोही अरु पनि सिंंगल छ । यदी तिमी लण्डनमा छौ भने कृपया उससँग कुरा गर । त्यो म्यासेज राति २ः३० बजे आयो र मैले रिप्लाइमा लेखेँ, ‘तिमिले मलाई अबेर राति म्यासेज गर्नु हुन्थेन ।’

सोनम भन्छिन्, ‘म स्कुलकी शिक्षिका जस्तै व्यवहार गरिरहेकी थिएँ । मैले लेखेँ, ‘मलाई अबेर राति म्यासेज नगर र यदि तिम्रो साथीलाई मन छ भने उसैले म्यासेज गर्न सक्थ्यो । तिमी किन म्यासेज पठाइरहेका छौ?’ यसरी हाम्रो कुराकानी सुरु भएको थियो । हामी फोनमा कुराकानी गर्न थाल्यौँ । त्यसको दुई हप्तापछि मैले उनलाई सोधेँ, ‘के अहिले पनि तिम्रो साथीसँग मेरो कुरा गराउन चाहान्छौ?’ त्यसपछि उनले भने ‘अहँ, अब कहिल्यै कुरा गराउँदिन । म तिमीलाई आफ्ना लागि बचाउन चाहन्छु ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया