थाइल्याण्डको गुफामा फसेका बालकहरुको पत्र : चिन्ता नगर्नुहोस्, हामी बहादुर छौँ

 असार २३, २०७५ शनिबार १३:१८:८ | एजेन्सी

दुई हप्तादेखि थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालकले आफ्नो परिवारका नाममा पत्र लेखेका छन् । 

केही बालकले पत्रमा लेखेका छन्, ‘तपाईँहरु चिन्ता नगर्नुस्... हामी सबै बहादुर छौँ ।’ केहीले आफूलाई मन पर्ने परिकार पठाउन पनि आग्रह गरेका छन् । शनिबार बिहान थाई गोताखोरको एउटा टिमले गुफाभित्रबाट पत्र लिएर आएका हुन् । 

त्यसअघि उद्धार दलका वरिष्ठ अधिकारीहरुले बालकहरुलाई श्वासप्रश्वासमा समस्या नहोस् भनेर अक्सिजनको पाइप बिछ्याएको जानकारी दिएका थिए । 

‘वाइल्ड बोअर्स’ नामक फुटबल टिमका १२ किशोर खेलाडी तथा प्रशिक्षक अभ्यासपछि गुफा हेर्न गएका थिए । एक्कासी गुफामा बाढीको पानी पसेपछि उनीहरु भित्रै फसेका हुन् र 

‘मलाई माफ गर्नुहोस्’

बालकहरुका अलावा २५ वर्षीय प्रशिक्षक इक्कापोल चान्तावोंगले पनि पत्र पठाएका छन् । 

उनले पत्रमा लेखेका छन्, ‘म सबै परिवारलाई भन्न चाहन्छु । सबै बालक सुरक्षित छन् । उद्धार टोलीले हाम्रो हेरविचार गरिरहेको छ । म सबैसँग वाचा गर्छु कि बालकहरुको सुरक्षाका  लागि मैले गर्न पर्ने सबै कुरा गर्छु । सहयोगका लागि सबैलाई धन्यवाद ।’

पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘जे भयो त्यसका लागि म सबै बालकका परिवारसँग माफी माग्न चाहन्छु । मलाई माफ गरिदिनु होला ।’

याे पनि पढ्नुहाेस् 

 

गुफामा फसेका थाइल्याण्डका बालकहरुलाई विश्वकपको फाइनल हेर्न फिफा अध्यक्षको निम्तो

थाइल्याण्ड : गुफामा फसेकाको उद्धारमा खटिएका एक पूर्व सैनिकको मृत्यु

नौ दिनदेखि गुफाभित्र फसेको थाई फुटबल टोली सकुशल भेटियो, बाहिर निकाल्न बाँकी

थाइल्याण्ड :  गुफामा फसेका १२ बालक र फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न ‘महिना लाग्न सक्छ’

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया