एनसेलले सुरु गर्‍यो  ‘एनसेल फर बिजनेश’

 असार १९, २०७६ बिहिबार ११:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल फर बिजनेश’ सेवा सुरु गरेको छ । एनसेलले यो सेवा मार्फत् व्यवसायलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पूर्वाधार प्रदान गर्ने विश्वास लिएको छ । यस अन्तर्गत इन्टरप्राइज ग्राहकहरुले एनसेलका पछिल्ला र नयाँ सेवा तथा सुविधाहरु लिन सक्छन् र नेपाल बाहिर पनि आफ्ना सेवा विस्तार गर्न सक्छन् ।

फोरजी सेवा व्यापक रुपमा विस्तार गरेपछि एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकहरुलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको छ । यसमा इन्टरनेशनल प्राइभेट लिज्ड सर्भिस (आईपीएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डीएलसी) भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग र इथरनेट भर्चुअल प्राईभेट नेटवर्क (इभीपीएन) जस्ता सेवाहरु उपलब्ध छन् ।

आफ्नो म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्व्ड वाइफाइ, भिडियो कन्फ्रेन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ । त्यस्तै, आईओटी सेवा अन्तर्गत कम्पनीले भेहिकल ट्राकिङ्ग सिस्टम (भीटीएस) ल्याएको छ । यसले गाडीको कार्य प्रगतिमा सहयोग गर्नुका साथै सुरक्षा र सवारी साधनको व्यवस्थापनलाई सहज बनाउँछ । यो सेवाले सवारीचालहरुको सवारी चलाउँदाको व्यवहार सुधार गर्न तथा कामलाई थप व्यवहारिक बनाउन र आफ्नो सवारी साधन माथि अझै राम्रो नियन्त्रण राख्न मद्दत पुर्‍याउनेछ । 

यसैगरी मोबिलिटी योजना अन्तर्गत एनसेलले व्यवसायहरुलाई आफ्नो नेटवर्क भित्र अनलिमिटेड कल र मेसेजिङ्ग, पर्याप्त मात्रामा डेटा र प्रिमियम नम्बरहरुको सेवा र अरु धेरै सेवाहरु प्रदान गर्नेछ । एनसेल डेटा सेन्टर सोलुसन्स अन्तर्गत नेपालमा रहेका व्यवसायहरुले एनसेलको विश्वसनीय र सुरक्षित डेटा सेन्टरमा आफ्नो सर्भर राखि इमेल तथा सुरक्षित होस्टिङ्ग सेवा लिन सक्नेछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गर्नुभएको थियो । उहाँले कसरी डिजिटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरुको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नवीन सेवा तथा व्यवसायहरुलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पार्नुभयो । 

उहाँले भन्नुभयो ‘हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छाैं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वकांक्षाहरु हासिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा इन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छाैं ।’

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया