विश्वकप क्रिकेट : वेष्ट इण्डिजले दिएकाे ३१२ रनको लक्ष्य पछ्याउँदै अफगानिस्तान

 असार १९, २०७६ बिहिबार १९:३९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय विश्वकपमा पहिलो जितको खोजीमा रहेको अफगानिस्तानले लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजबाट ३१२ रनको विजय लक्ष्य पछ्याउँदै छ । 

जवाफी ब्याटिङमा उत्रिएकाे अफगानिस्तानले दाेस्राे ओभरमै पहिलाे विकेट गुमाएकाे छ। गुलाबदिन नइब ५ रनमा आउट भए ।

लिड्समा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल खडा गरेको छ ।

ओपनर क्रिस गेल पुनः एकपल्ट सस्तैमा आउट भए पनि मध्यक्रमले राम्रो प्रदर्शन गर्दा वेष्ट इण्डिजले सम्मानित योगफल बनाएको हो । गेलले १८ बलमा ७ रन बनाए। दाैलत जदरानको बलमा आउट भए ।

तर दोस्रो विकेटका लागि इविन लेविस र शाइ होपले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे । लेविस ५८ रनमा आउट हुँदा क्यारेबियन टोली १०९–२ को अवस्थामा थियो ।

तेस्रो विकेटका लागि होपले सिमरन हेटमायरसँग मिलेर तेस्रो विकेटका लागि ६५ रनको थप साझेदारी गरे । हेटमायर ३९ रन बनाएर आउट भए । वेष्ट इण्डिजले थप १९ रन जोड्दा ३७.४ ओभरमा होप ७७ रन बनाएर आउट भए । उनले ९२ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

पाँचौं विकेटका लागि निकोलस पुरन र कप्तान जेसन होल्डरले पनि शतकीय साझेदारी गरी वेष्ट इण्डिज विशाल योगफलतर्फ अघि बढेको हो । इनिङ्सको अन्तिम ओभरको पहिलो बलमा पुरन ५८ रनको स्कोरमा रनआउटको शिकार बने । उनले ४३ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

लगत्तै अर्को बलमा सैय्यद शिरजादले कप्तान होल्डरलाई पनि आउट गरे । ३४ बलमा ४ छक्का र १ चौका प्रहार गरी ४५ रन बनाएर होल्डर आउट भएका हुन् । अविजित रहेका कार्लोस ब्रेथ्वेटले अन्तिम ओभरको अन्तिम ३ बलमा १ छक्का र २ चौका प्रहार गरी टिमको स्कोर ३०० माथि पुर्‍याए ।

अफगानिस्तानका लागि दाैलत जदरानले २ विकेट लिए । मोहम्मद नाबी, रसिद खान र सैय्यद शिरजादले एक-एक विकेट लिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया