पुलिस र ब्रिगेड ब्वाइज ललित स्मृति यू–१८ फुटबलको क्वार्टर फाइनलमा

 असार १९, २०७६ बिहिबार २०:९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल पुलिस क्लब र ब्रिगेड ब्वइज क्लब ललित स्मृति यू - १८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले सरस्वती युवा क्लबलाई हरायो । अर्को खेलमा ब्रिगेड ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० ले हरायो । 

यसअघि समूह सीको पहिलो खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई हराएको थियो । बिहीबार सरस्वतीलाई हराउनका लागि सञ्जु सेनले ह्याट्रिक गरे ।

खेलको १८ औ‌ं मिनेटमा सञ्जुले पहिलो गोल गर्दै क्लबलाइ १ - ० को अग्रता दिलाएका थिए । त्यसपश्चात उनले ४५ र ७४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै रबिन राई र एन्सन राईले ७७ र ८१ औं मिनेटमा एक एक गोल गरे ।

सरस्वती क्लबका लागि ७८ औं मिनेटमा बिमल सिलवालले एक गोल फर्काए । ब्रिगेड ब्वाइजले जावलाखेललाई हराउँदा रोशन रानामगरले दुई गोल गरे । उनले खेलको ५४ औं र ७० औं मिनेटमा गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा बिर्जेस चौधरीले ३४ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

यसअघि ब्रिगेड ब्वाइजले सरस्वतीलाई हराएको थियो । दुई जितपश्चात समूह सीबाट पुलिस क्लब र ब्रिगेड ब्वाइज क्वार्टरफाइनल पुगेका हुन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया