विश्वकप क्रिकेट : भारतविरुद्धकाे खेलमा दुई वर्षअघिकै सफलता दाेहाेर्‍याउने दाउमा श्रीलंका

 असार २१, २०७६ शनिबार ६:५८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डविरुद्धको सानदार जितका बाबजुद पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि श्रीलंकाको विश्वकप अभियान सकिसकेको छ । र शनिबार लिग चरणको अन्तिम खेलमा उसले भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यो खेल लीड्सको हिडिङ्लेमा नेपाली समयअनुसार शनिबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । श्रीलंकाले इंग्ल्याण्डमा भारतसँग पछिल्लो समय सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीमा खेलेको थियो । जहाँ उसले भारतले दिएको ३२२ रनको लक्ष्य पूरा गरी ७ विकेटको जित निकालेको थियो ।

त्यस्तै विश्वकप क्रिकेटमा ८ पटक आमनेसामने हुँदा श्रीलंकाले ४ पटक र भारतले ३ पटक जित हात पारेकाे छ ।

घर फर्कनुअघिको अन्तिम खेलमा श्रीलंकाले २ वर्षअघिको त्यही सफलता दोहोर्‍याउने प्रयास गर्नेछ । भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । श्रीलंकाको चिन्ताको विषय उसको ब्याटिङ पक्ष हो । यद्यपि न्यूजिल्याण्डसँगको पहिलो खेलको तुलनामा उसले धेरै सुधार गरेको छ । पहिलो खेलमा श्रीलंका १३५ रनमै अलआउट भएको थियो ।

श्रीलंकाको शीर्ष क्रम अझै पनि खराब देखिन्छ । त्यसको विपरीत समग्रमा सानदार प्रदर्शन गरिरहेको भारतीय बलरसँग उसले सामना गर्नुपर्नेछ । भारतले सेमिफाइनलमा इन्ल्याण्ड वा न्यूजिल्याण्डमध्ये एकको सामना गर्नुपर्नेछ । दुवै प्रतियोगितामा बलिया टिम हुन् । श्रीलंकाविरुद्ध सम्भवतः उसले फरक संयोजनको परीक्षण गर्न सक्नेछ । रवीन्द्र जडेजा र मयंक अग्रवालले जारी विश्वकपमा अहिलेसम्म अवसर पाएका छैनन् । सायद उनीहरु शनिबार टिममा पर्नेछन् ।

लीड्समा शनिबार पारिलो दिन हुनेछ । हिडिङलेको पिच ब्याट्सम्यानहरुका लागि उपयुक्त हुनेछ । तर इनिङको अन्त्यतिर बलर हाबी हुन सक्छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया