धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद
बैशाख ६, २०८१ बिहिबार
सर्लाही - वागमती सिँचाइ आयोजनाले नहरमा पानी नछोडेपछि सर्लाहीमा धान रोपाइँ प्रभावित भएको छ।
आयोजनाको चरम लापर्वाहीका कारण असारको अन्तिम साता भइसक्दा पनि सर्लाहीका किसानले अहिलेसम्म रोपाइँ गर्न पाएका छैनन्।बागमती सिँचाइँ आयोजनाकाे मूल नहर र बाँधमा मर्मतको काम भइरहेकाले पानी छोड्न नसकिएको आयोजना प्रमुख विनयकुमार गामीले जानकारी दिनुभयो।
अहिले मर्मतको काम अन्तिम चरणमा पुगेकाले अबको दुइ दिनमा नहरमा पानी छोड्ने र नदीमा पानीकाे सतह कम भएकाले पालैपालो गरी पानीको व्यवस्था गर्ने आयोजना प्रमुखको भनाइ छ। यसरी आयोजनाले समयमै नहरमा पानी नछोड्दा किसानको धान रोपाइँ प्रभावित हुनुका साथै खेतमा रहेको धानकाे बीउ डढ्न थालेको छ।
झण्डै एक तिहाइ खेतको धान रोपाइँ गरिसक्नु पर्ने बेलामा पनि रोपाँइ सुरू नभएपछि यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ।यस वर्ष सर्लाहीमा ४२ हजार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको उत्तरी क्षेत्रका अधिकांश खेतमा आकाशे पानीको भरमा रोपाइँ हुँदै आएकोले त्यस क्षेत्रमा उत्पादन घटने पूर्वानुमान गरिएको छ।
सासापुरका किसान रामनरेश महतोले भन्नुभयो, आकाशबाट पानी नपरेकाले खेतमा रोप्न राखेको धानाको बीउ मरेर सकियो, अब कहाँबाट बीउ ल्याएर रोप्नु रु खेत बाँझो हुने भयो ।
जिल्लामा बागमती सिँचाइ आयोजना र मनुष्मारा सिँचाइ आयोजना गरी दुइ वटा ठूला सिँचाइ आयोजना सञ्चालनमा रहेका छन् । बागमती सिँचाइ आयोजनाले जिल्लाको ठूलो खेतियोग्य जग्गामा सिँचाइ सुविधा पुर्याएको छ भने मनुष्माराले दक्षिणी क्षेत्रमा सिँचाइ सुविधा पुर्याएको छ।
यस वर्ष वागमती सिँचाइ अयोजनाको लापर्वाहीका कारण किसानले अहिलेसम्म पनि धान रोपाइँ गर्न नपाएको हरिपुर-१का किसान सोमकुमारी कार्कीले गुनासो गर्नुभयो। त्यसैगरी श्रीपुरका किसानहरुले अब पनि सिँचाइले नहरमा पानी नछोडे अन्दोलन गर्ने चेतावली दिएका छन्। सर्लाहीमा असार लागेदेखि नै राम्रोसँग पानी नपर्दा किसानलाइ धानको बीउ जोगाउन मुस्किल परेको छ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।