कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
ओपनर रोहित शर्मा र लोकेश राहुलले शतक प्रहार गरेपछि एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकामाथि ७ विकेटको सानदार जित हासिल गरेको छ ।
श्रीलंकाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । रोहितले जारी विश्वकपमा पाँचौं शतक प्रहार गरेका छन् । एकै विश्वकपमा ५ शतक प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान पनि बनेका छन् ।
त्यस्तै रोहित सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा उक्लिएका छन् । ८ पारीमा रोहितले ६ सय ४७ रन प्रहार गरे ।
भारतका लागि रोहित र राहुलले पहिलो विकेटका लागि १ सय ८९ रनको साझेदारी गरेका थिए । रोहितले ९४ बलमा १४ चौका र २ छक्काको साथ १ सय ३ रन बनाएर आउट भएपछि आएका कप्तान विराट कोहलीसँग मिलेर राहुलले थप ५५ रनको साझेदारी गरे ।
राहुलले १ सय १८ बलमा १११ रन जोडेका हुन् । उनले ११ चौका र १ छक्का प्रहार गरे । कप्तान कोहली ३४ रनमा अविजित रहे ।
बलिङतर्फ लसिथ मालिंगा, कासुन रजिथा र इसुरु उडानाले एक–एक विकेट लिए ।
यसअघि लीड्सको हिडिङले मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले एन्जेलो मेथ्युजको शतकमा निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ६४ रनको योगफल बनाएको थियो ।
सेमिफाइनलबाट बाहिरिसकेको श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले शतकीय पारि खेल्दा लिहेरु थिरमानेले अर्धशतक बनाए । म्याथ्यूज ११३ रनमा आउट हुँदा थिरमाने ५३ रन बनाएर पेभेलियन फर्किएका थिए । धनञ्जय डी सिल्भा २६ रनमा नट आउट रहँदा अभिष्का फर्नान्डोले २० रनको पारि खेलेका छन् ।
भारतका लागि जसप्रित बुमराहले तीन विकेट हात पारे ।
लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई हराएपछि भारत शीर्ष स्थानमा पुगेको छ । सेमिफाइन समीकरण भने अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल सकिएपछि मात्र कोसँ कसले खेल्ने भन्ने थाहा हुन्छ ।