प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग राजपाको माग

 असार २३, २०७५ शनिबार १८:५१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालको शनिबार बसेको राजनीतिक समितिको बैठकले तराईलगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान भएकोमा गम्भीर चासो व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

बैठकले तराईका विभिन्न जिल्लामा बाढी र डुबानका कारण भत्किएका संरचना तत्काल बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको नेता अनिलकुमार झाले जानकारी दिनुभयो ।

तीन दिनयता जारी राष्ट्रिय जनता पार्टी, नेपालको राजनीतिक समितिको बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी, पार्टी संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल केन्द्रीत रहेको छ । नेता झाले बैठकमा सरकारका पछिल्ला काम कार्वाहीका बारेमा पनि नेताहरुले समिक्षात्मका टिप्पणी गरिरहेको जानकारी दिनुभयो । सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नभई सरकारमा सहभागी नहुने अडान राख्दै आएको छ ।

 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया