जापानमा गयाे ६ रेक्टर स्केलको भूकम्प

 असार २३, २०७५ शनिबार १८:५४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

जापानको पूर्वी चिबा क्षेत्रमा शनिबार ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार बेलुकीको ८ बजेर गएको भूकम्पको केन्द्र चिबा क्षेत्रको समुद्री किनारामा रहेको जापानको भौगर्भिक संस्थाले जनाएको छ । 

भूकम्पका कारण हालसम्म कुनै धनजनको क्षति नभएको र सुनामीको पूर्वसूचना पनि जारी नगरिएको जनाइएको छ ।

स्थनीय जापान टाइम्सका अनुसार भूकम्प चिबा क्षेत्रको नारिता एअरपोर्टको दुइवटा धावनमार्ग अस्थायी रुपमा बन्द गरिएका थिए । 

जापानकै इबाराकी क्षेत्रमा रहेको जापान एटोमिक पावर कम्पनीको आणविक कारखानामा भने कुनै असामान्य स्थिति नआएको बताइएको छ ।

 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया