आईपीएलबाट बेंग्लोर बाहिरियो, प्लेअफको समिकरण कस्तो बन्यो ?

 जेठ ५, २०७५ शनिबार २०:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ५ – रोयल च्यालेन्जर्स बेंग्लोर आईपीएल क्रिकेटको यो सिजनबाट बाहिरिएको छ ।

प्लेअफको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाब रहेको खेलमा राजस्थान रोयल्ससँग ३० रनले हारेपछि बेग्लोर प्लेअफमा नपुगी बाहिरिएको हो । १ सय ६५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले खेल सकिन ४ बल बाँकी हुँदा १ सय ३४ रनमा अलआउट भएको हो ।

बेग्लोरका ए बी डी भिलियर्सले ५३ र पार्थिब पटेलले ३३ रन बनाएपनि अरु खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा टीमले महंगो हार ब्यहोरेको हो । बेग्लोरका ६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । राजस्थानका श्रेयस गोपालले ४ विकेट लिंदै बेग्लोरलाई दबाबमा राखे । ४ ओभरमा उनले मात्र १६ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै, जयदेव उनाद्कट र लाफलिनले २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले अविजित ८० रन बनाए । उनले ५८ बलमा ५ चौका र ३ छक्का  प्रहार गरेका थिए ।

त्यस्तै कप्तान अजिंक्या रहानेले ३३ र हेनरिक क्लासेनले ३२ रन बनाए । रहानेले ३१ बलमा ३ चौका तथा क्लासेनले २१ बलमा ३ चौका र १ छ्रक्का हाने । बेंग्लोरका लागि उमेश यादवले ३ विकेट लिएका थिए ।

अबको कस्तो बन्यो समिकरण   

बेग्लोरलाई हराएको राजस्थानले भने प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । १२ खेलबाट १४ अंक बनाएको राजस्थान र १ खेल खेल्न बाँकी हुँदा अर्थात १३ खेलबाट १२ अंक बनाएको मुम्बईमध्ये एक टिम प्ले अफमा पुग्नेछन् । अहिलेसम्म १२ खेलबाट १४ अंक बनाएको कोलकाता अंक तालिकाको तेश्रो स्थानमा छ ।

कोलकाताले एक खेल खेल्न बाँकी छ । कोलकाताले त्यो खेल हारेमा र मुम्बइले अन्तिम खेल जितेमा मुम्बई, कोलकाता र राजस्थानमध्ये रनरेटका आधारमा २ टीम प्ले अफमा पुग्नेछन् । कोलकाताले जितेमा र मुम्बइले हारेमा कोलकाता र राजस्थान प्लेअफमा पुग्नेछन् । हैदराबाद र चेन्नई प्रतियोगिताको प्लेअफमा पुगिसकेका छन् । 

समान १३ खेलबाट १२–१२ अंक रहेपनि रनरेटको आधारमा बेंग्लोर पाँचौं र राजस्थान छैठौं स्थानमा छन् । शीर्ष ४ मा पुग्ने सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब दुवै  टिमलाई छ । मुम्बई इण्डियन्सले पनि १३ खेलबाट १२ अंक नै बनाएको छ । रनरेटका आधारमा मुम्बई चौथो नम्बरमा छ । मुम्बईले एक खेल खेल्न बाँकी छ ।

आजको खेल जित्ने टोली १४ अंकका साथ चौथो स्थानमा पुग्नेछ र साबिक चौथो स्थानको मुम्बइ पाँचौ स्थानमा धकेलिनेछ । मुम्बइले दिल्लीसँग अन्तिम खेल खेल्न बाँकी छ । तेश्रो स्थानमा रहेको कोलकाताको १४ अंक छ । 

राजस्थानले टस जितेर ब्याटिङ रोजेको छ । शनिबारको खेलमा राजस्थानले बेन स्टोक्स, जोस बटलर र अनुरित सिंहलाई खेलाएको छैन । उनीहरुको ठाउँमा बी लाफलिन, श्रेयस गोपाल, हेनरिक क्लासेन लाई टिममा राखिएको छ । बेंग्लोरले भने टिममा कुनै परिवर्तन गरेको छैन । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया