अफ्रिकी कप अफ नेशनमा पराजित भएपछि इजिप्टका प्रशिक्षक बर्खास्त

 असार २३, २०७६ सोमबार ७:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

अफ्रिकी कप अफ नेशनमा पराजित भएपछि इजिप्टले प्रशिक्षक जेवियर अगुइरोलाई बर्खास्त गरेको छ ।

आफ्नै देशमा जारी प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा दक्षिण अफ्रिकासँग १–० ले पराजित भएपछि मोहम्मद सलाहको टिम इजिप्ट प्रतियोगिताबाट बाहिरिएको हो ।

थेमविकोसी लोर्चले ८५ औं मिनेटमा गोल गर्दा दक्षिण अफ्रिका विजयी भएको थियो । टिम प्रि क्वार्टरफाइनलबाट आउट भएपछि इजिप्ट फुटबल संघका अध्यक्ष हेनी अबो रिदाले पनि ‘नैतिक दायित्व’ भन्दै पदबाट राजीनामा दिएका थिए ।

मेक्सिकन प्रशिक्षक अगुइरोले २०१८ को अगस्टदेखि इजिप्टको टिम सम्हालेका थिए । दक्षिण अफ्रिकासँगको पराजित भएपछि आफूले पनि नैतिक जिम्मेवारी लिएको बताएका थिए । उनले भनेका थिए ‘इजिप्ट र दक्षिण अफ्रिकाको टिम उस्तै उस्तै भए पनि अफ्रिकाले राम्रो खेल्यो र गोल गर्‍यो ।’
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया