एसीसी इस्टर्न रिजन यू १९ क्रिकेट : मलेसिया ८७ रनमा अलआउट, सागर र कुशलको उत्कृष्ट बलिङ

 असार २३, २०७६ सोमबार १०:४०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलरहरू सागर ढकाल र कुशल मल्लले शानदार प्रदर्शन गरेपछि एसीसी इस्टर्न रिजन यू १९ क्रिकेटकाे सेमिफाइनलमा साविक विजेता नेपालले मलेसियाबाट ८८ रनको विजय लक्ष्य पाएको छ ।

किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको हो ।

नेपालको शानदार बलिङ आक्रमण समूह मलेसियाका ब्याट्सम्यानहरुले सुस्त प्रदर्शन गर्न बाध्य भएका थिए । उनीहरुले लामो साझेदारी गर्न सकेनन् भने कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्नै सकेनन् ।

मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन छुन सके । तेस्रो नम्बरमा मुहम्मद अमीरले बनाएको २४ रनै मलेसियाको पारीमा सर्वाधिक व्यक्तिगत स्कोर हो ।

वान अमिरुल ११, हइकल मोहद खइर १२ र अहमद अलिफले १० रन जोडेर आउट भए । नेपाल प्रतियोगिताको साविक विजेता हो ।

बलिङतर्फ नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चिए । ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेका कुशल मल्लले २ विकेट लिए । रसिद खान र तिलकराज भण्डारीले पनि एक–एक विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया