पहिरो झरेपछि अवरुद्ध मेची राजमार्ग एकतर्फी खुल्यो

 असार २४, २०७६ मंगलबार ८:४२:५० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पहिरो झरेपछि अवरुद्ध भएको मेची राजमार्गमा एकतर्फी रुपमा गाडी गुड्न थालेको छ ।

राजमार्ग अन्तर्गत राँके – फिदिम सडकखण्डको फाल्गुनन्द गाउपालिका–३ को पाँग्रेभीरमा सोमबार साँझ ७ बजे सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

साँझको समयमा पहिरो झरेपछि राजमार्गमा रातभर सवारी साधन बाटोमै रोकिएका थिए । मंगलबार बिहान एक्साभेटरले पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएका हो । 

अहिले पहिरो पन्छाउने काम भैरहेकोले मध्यान्हसम्ममा राजमार्ग दुईतर्फी नै खुल्ने जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिमल्सिनाले बताउनुभयो ।

यो राजमार्गबाट पाँचथरको सदरमुकाम फिदिम  हुँदै ताप्लेजुङ र तेह्रथुम जाने सवारी साधन सञ्चालन हुँदै आइरहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया