खजुरा गाउँपालिकामा हरित कार्यक्रम सञ्चालनका लागि उज्बेकिस्तानमा सम्झौता

 असार २४, २०७६ मंगलबार १७:२८:५१ | गोविन्द शर्मा
unn.prixa.net

 बाँके - बाँकेको खजुरा गाउँपालिकामा हरित कार्यक्रम सञ्चालन गर्न उज्बेकिस्तानको तासकन्दमा मङ्गलबार द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।  प्रारम्भिक सम्झौता भएपछि विभिन्न प्रक्रिया पूरा गरी कार्यक्रम सञ्चालनमा आउनेछ ।

चाइना इन्स्टियूट फर साउथ–साउथ को–अपरेशन इन एग्रिकल्चर र खजुरा गाउँपालिकाबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको हो । सम्झौता भएपछि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकाका लागि महत्वपूर्ण खुशीको दिन भएको बताउनुभयो ।

सम्झौताका अवसरमा संयुक्त राष्ट्र संघसहित विभिन्न देशका प्रतिनिधिको सहभागिता रहेको अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो ।

ग्रीन एग्रिकल्चर र ग्रीन सिटीसम्बन्धी कार्यक्रम सञ्चालनका लागि द्विपक्षीय सम्झौता भएको हो । उज्बेकिस्तानमा जारी हरित अर्थतन्त्र विषयक कार्यक्रममा  खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिको पनि सहभागिता रहेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया