भैँसेपाटी प्रहरी प्रभागको हिरासतको ग्रिल काटेर फरार भएका २ जना पक्राउ

 असार २५, २०७६ बुधबार २०:५६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ललितपुरको भैँसेपाटी प्रहरी प्रभागको हिरासतको झ्यालको ग्रिल काटेर फरार भएकामध्ये २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  

सोमबार राति चौकीको ग्रिल काटेर भागेका दुवै जनाको खोजी गर्ने क्रममा बौद्धबाट बुधबार प्रहरीले पुनः पक्राउ गरेको हो ।

रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका-५ का २५ वर्षीय विकास भनिने रुद्रलाल श्रेष्ठ र त्यही ठाउँका शम्शेर माझी सोमबार राति प्रहरी चौकीको शौचालयको ग्रिल काटेर फरार भएका थिए । 

उनीहरुलाई चोरी, डाँका तथा लागुऔषध मुद्धामा पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग बुङमति, भैँसेपाटीको हिरासतमा राखिएको थियो । पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी अपराध महाशाखामा राखेर थप अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक सुशीलसिंंह राठौरले बताउनुभयो । 

फरार भएका मध्ये लागुऔषध मुद्धाका अभियुक्त रबिकुमार तिमल्सिनाको अझै खोजी जारी रहेको पनि उहाँले बताउनुभयो । उनीहरुलाई भगाउन सहयोग गरेको भन्दै भैँसेपाटी प्रभागमा रहेका ड्युटी अधिकृतसहित चार जना  निलम्बनमा परेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया