रोजर फेडेरर विम्बल्डन टेनिसको सेमिफाइनलमा

 असार २६, २०७६ बिहिबार ६:४९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

जापानी खेलाडी केइ निसीकोरीविरुद्ध एक सेटले पछि परेको स्थिति उल्टाउँदै स्वीस सुपरस्टार रोजर फेडेरर १३औं पल्ट विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेका छन् । 

सुस्त सुरुवातका बाबाजुद ८ पल्टका उपाधि विजेता फेडेररले निसीकोरीबिरुद्ध ४६, ६१, ६४ र ६४ को सेटमा जितसहित अल इंग्ल्याण्ड क्लबमा एक सयौं जित हासिल गरेका हुन् ।

फेडेरर ग्राण्डस्लाम इतिहासमै एकै प्रतियोगितामा १०० खेल जित्ने पहिलो खेलाडी बनेका छन् । सेमिफाइनलमा उनले रफायल नाडाल र साम क्वेरेरीबीच हुने खेलको विजेतासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । 

२५ दिनपछि ३८ औं जन्मदिन मनाउन लागेका फेडेरर ग्राण्डस्लामको सेमिफाइनलमा पुग्ने दोस्रो पाका खेलाडी बनेका छन् । सन् १९९१ मा जिम्मी कर्नर ३९ वर्षको उमेरमा युएस ओपनको सेमिफाइनलमा पुगेका थिए । 

समग्रमा फेडेरर ग्राण्डस्लाम टेनिसमा ४५ औं पल्ट सेमिफाइनलमा पुगेका हुन् । यो संख्या सर्वियन स्टार नोभाक जोकोभिचको भन्दा ८ बढी हो । जोकोभिच बुधबारै भएको खेलमार्फत सेमिफाइनल पुगिसकेका छन् ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया