ठेकेदारले भवन निर्माणको काम अलपत्र पारेपछि ठेक्का तोडियो

 असार २६, २०७६ बिहिबार ८:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय वीरगञ्जले बारा, पर्सा र राैतहटमा सञ्चालनमा रहेका ६ वटा परियोजनाको ठेक्का तोडेको छ । 

ठेक्का लिएका कम्पनीले सम्झौता अनुसारको काम नगरेकोले ठेक्का तोडेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६९/०७० मा स्वास्थ्य चौकी तथा स्वास्थ्यका कर्मचारीको आवास निर्माणका लागि ठेक्का लिएर काम नगरी अलपत्र छोड्ने ठेकेदार कम्पनीसँग ठेक्का तोडिएको सघन शहरी तथा भवन निर्माण आयोजनाको वीरगञ्ज कार्यालयका प्रमुख इन्जिनियर राजेन्द्र खतिवडाले बताउनुभयो ।

ठेक्का तोडेपछि करिब २ करोड ८० लाख रुपैयाँ ठेकेदारसँग सरकारी बक्यौता सरह असुल उपर गर्ने तयारी गरेको उहाँले बताउनुभयो । 

कार्यालयले पर्साको भेडिहारी, शंकर सरैया, सम्भौता, पटेर्वा सुगौली, रौतहटको जिगडवा र बारा कलैयाको स्वास्थ्य कर्मचारीको आवास निर्माण र स्वास्थ्य चौकी निर्माणको ठेक्का तोडेको हो । 

यो क्षेत्रमा अझै पनि रुग्ण अवस्थामा आधा दर्जनाैँ परियोजनाहरु रहेका छन् । उनीहरुले पनि बेलैमा काम गरे ठेक्का तोडिने कार्यालयका प्रमुख खतिवडाले चेतावनी दिनुभयो । 

स्वास्थ्य कर्मचारीको आवास निर्माणको ठेक्का लिएका अजम्मर र शिवराम जेभी तथा टौदह कम्पनी चाल्नाखेल काठमाण्डौ र शिवराम कम्पनी दोलखाको ठेक्का तोडिएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया