मलेसिया विरुद्धको टी– २० सिरिजमा हुने छैनन् दिपेन्द्रसिंह ऐरी

 असार २६, २०७६ बिहिबार १०:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले मलेसिया विरुद्धको  टी– २० सिरिज गुमाउने भएका छन् । 

प्रधानमन्त्री कपमा हातको औंलाको चोटका कारण पछिल्लो पटक राम्रोसँग ब्याटिङ र बलिङ गर्न नसकेका दिपेन्द्र अझसम्म पनि पूर्ण रुपमा फिट छैनन् । ऐरीको फिल्डिङका क्रममा बाँया हातको माझी औंलामा चोट लागेको थियो । अहिले उनी सामान्य रुपमा ब्याटिङको प्रशिक्षण गरिरहेका छन् ।

सिंगापुरमा हुने प्रतियोगितासम्म उनी ठिक हुन सक्ने भन्दै टिममा भने राखिएको छ । यू–१९ टिमका पूर्व कप्तान दिपेन्द्र राष्ट्रिय टिमका मुख्य सदस्यका रुपमा रहदै आएका छन् । नेपाली टिमले मलेसियाविरुद्ध दुई वटा खेल खेलेपछि सिंगापुर जानेछ ।

सिंगापुरमा नेपालले विश्वकप छनोटमा स्थान बनाउन कतार विरुद्धको खेलबाट आफ्नो यात्रा सुरु गर्नेछ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया