‘लक्का जवान’ मा प्रियंका कार्की

 असार २६, २०७६ बिहिबार १२:५९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डै - हास्य कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’मा अभिनेत्री प्रियंका कार्कीलाई लिइने भएको छ ।

अभिनेत्री कार्कीले चलचित्रका लागि लिखित सम्झौता गरिसकेकी छन् । चलचित्रका निर्देशक शिवहरि पौडेल र निर्माता किरण केसीले आफ्नो फेसबुकमा तस्बिर राख्दै उक्त कुराको जानकारी दिएका छन् ।

चलचित्र ‘लक्का जवान’ आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने बुझिएको छ । चलचित्र पारिवारिक तथा कमेडी कथामा आधारित हुनेछ । विभिन्न हास्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू चलचित्र हो । यस अघि उनले विभिन्न हास्य टेलिश्रृंखलाहरुको निर्देशन गरिसकेका छन् । चलचित्रमा अभिनेत्रीका रुपमा अभिनेता दिलिप रायमाझीकी छोरीले डेब्यू गर्नसक्ने बुझिएको छ । दिलिपले पहिलेबाट नै चलचित्र निर्माण गर्ने तयारी गरिरहेको बताएका थिए ।

चलचित्र ‘लक्का जवान’ मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ । चलचित्रको सह–निर्माताका रुपमा भने किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल रहने छन् । ‘सिनेमालाई हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण गर्दैछौँ ’, निर्देशक पौडेलले भने । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया