नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि

 असार २६, २०७६ बिहिबार १३:४७:१७ | रासस
unn.prixa.net

भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ प्रतियोगिताको उपाधि जितेकी छिन् ।

झापाकाे मेचीनगर नगरपालिका–५, नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् । यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ की उपाधि विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा क्याम्पसबाट भर्खरै कक्षा १२ को परीक्षा दिएकी हुन् ।

भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर संघ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताउनुभयो ।

निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्शन प्रालिले चार म्युजिक भिडियो र एउटा शर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया