दर्शक तर्साउनु नै हाम्रो सफलता: नायिका बेनिशा हमाल

 असार २६, २०७६ बिहिबार १४:५२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हरर जनरामा निर्माण भएको नेपाली चलचित्र  ‘घर’ मा एउटा घरमा रहेका श्रीमान् श्रीमतीले त्यो घरमा भोगेको आत्मासँगको कथालाई प्रस्तुत गरिएको छ ।

चलचित्र ‘घर’  लाई लिएर अभिनेत्री बेनिशा हमाल निकै उत्साहित देखिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा खासै फस्टाउन नसकेकी हमाललाई चलचित्र ‘घर’ ले उकास्ने अपेक्षा गरिएको छ । अभिनेत्री बेनिशा भन्छिन्, ‘यो चलचित्रबाट हामीले दर्शकलाई तर्साउनु छ । यदि दर्शक तर्सिनुभयो भने हामी सफल हुनेछौँ।’

नेपालमा बनिरहेका हरर चलचित्रको ढाँचामा चलचित्र ‘घर’  ले परिवर्तन ल्याउने अभिनेत्री हमालको दावी छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देेशन अर्पण थापाले गरेका हुन् भने शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

चलचित्र ‘घर’ मा लेखक तथा निर्देशक अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भूमिका छ । निरज कँडेलको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलपचित्र ‘घर’ आउँदो साउनको ३ गतेबाट देशभर प्रदर्शनमा आउने बताइएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया