विश्वकप क्रिकेट: दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै अष्ट्रेलिया

 असार २६, २०७६ बिहिबार १५:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । बर्मिङघमको एजबास्टनमा नेपाली समय अनुसार सवा तीन बजे सुरु हुने खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । 

एक दिवसीय विश्वकपको उपाधि पहिलोपल्ट उचाल्ने लक्ष्यमा रहेको इंग्ल्याण्डलाई आजकाे खेलमा सबैभन्दा ठूलो र निर्णायक जितको आवश्यकता छ । 

आजको खेलमा अष्ट्रेलियाले एक जना खेलाडीमा परिवर्तन गरेको छ । चोटग्रस्त उस्मान खवाजाको ठाउँमा पिटर ह्यान्ड्सकम्बले खेल्नेछन् । इंग्ल्याण्डले भने पुरानै टिमलाई मैदानमा उतारेको छ । 

यस खेलको विजेताले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ । न्यूजिल्यान्डले पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै लगातार दोस्रोपटक फाइनलमा पुगेको थियो । 

दोस्रो सेमिफाइनल यदि अस्ट्रेलियाले जितेमा गएको संस्करणकै फाइनल दोहोरिनेछ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया