मोटरसाइकलसहित लाल बकैया खोलामा खस्दा ज्यान गयाे

 असार २६, २०७६ बिहिबार १९:४८:० | उज्यालो सहकर्मी
unn.prixa.net

राैतहट - मोटरसाइकलसहित लाल बकैया खोलामा खसेर बिहीबार एक जनाकाे ज्यान गएको छ ।

रौतहटको इशनाथ नगरपालिका -३, औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारत विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको फुलबरिया घाटमा रहेकाे रेल्वे लाइनको पुल माथिबाट खसेर बेपत्ता भएका थिए ।

स्थानीयले भारतीय सुरक्षाकर्मीलाई खबर गरेर पटेल चढेको बीआर ५५ ए ४१३८ नम्बरको मोटरसाइकल भेटिएकाे र नम्बर पक्का गर्दा पटेलको भएको पुष्टि भएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

सुरक्षाकर्मीहरुको निकै प्रयास पछि घटनास्थलभन्दा ४० किलोमिटर दक्षिण वागमती नदीको वेलवाघाट नजिक पटेलको शव भेटिएकाे हाे । रौतहट प्रहरीका प्रवक्ता एवं डीएसपी नविन कार्कीले मृतकका आफन्त शव ल्याउन भारत गइसकेको जानकारी दिनुभयाे ।

असारे झरीका कारण लाल बकैया नदीमा आएको बाढीबाट सिमावर्ती भारतीय क्षेत्रमा बनाइएको डाइभर्सन बगाएपछि सर्वसाधारण यात्रुहरुलाई रेल्वे लाइन भएर आवतजावत गर्नुपरेकाे छ । झरीले इशनाथ र परोहामा दुई वटा घर भत्किएको बताउँदै डीएसपी कार्कीले बकैया र वागमती नदीमा जलस्तर बढिरहेकाेले सचेत भएर बस्न जिल्लावासीलाई अपिल गर्नुभयाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया