भारतमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र

 असार २७, २०७६ शुक्रबार १०:२६:१० | एजेन्सी
unn.prixa.net

भारत पञ्जावको अमृतसरमा मोबाइल र इन्टरनेटको लतबाट छुटाउने केन्द्र खुलेको छ । 

मनोविद डाक्टर जे पालले हिजोआज मोबाइल र इन्टरनेट आम मानिसको लत बन्दै गएको र यसले बालबालिकाको व्यवहार विनाशकारी बन्न थालेको बताउनुभयो । 

उनीहरुमा आफैलाई हानी गर्ने खालको ब्यवहार पनि बढ्दै गएकाले त्यसलाई कम गर्न केन्द्र उपयोगी हुने डाक्टर पालले बताउनुभयो । केन्द्रमा नियमित रुपमा जाने बालबालिकाको ब्यवहारमा परिवर्तन भइरहेको पनि भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया