पहिरोले घर पुरिँदा काभ्रेमा दुई जनाको मृत्यु

 असार २७, २०७६ शुक्रबार ११:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रेपलाञ्चोक – पहिरोले घर पुरिँदा काभ्रेको बनेपामा दुई जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् ।

बनेपा नगरपालिका–३ चुनतालमा पहिरोले घर बगाउँदा गोमा दंगाल र उहाँकी नातिनी सुहावी दंगालको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा परेर सुशिला दंगाल र अनुष्का दंगाल घाइते भएका छन् । उनीहरु दुबै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया