चार लाख घुससहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ

 असार २७, २०७६ शुक्रबार १४:३९:४५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतले लामालाई शुक्रबार सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

अख्तिरयाका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार कामको छुट पूर्जीको म्याद थप गर्ने विषयमा लामाले सेवाग्राहीबाट घुस मागेका थिए । अख्तियारले विशेष सूचनाको आधारमा लामालाई पक्राउ गरेको सापकोटाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया