घर वरिपरि पहिरो, भीमफेदीका २६ जना उद्धारको पर्खाइमा

 असार २७, २०७६ शुक्रबार १४:५१:२६ | हरि हुमागाईं
unn.prixa.net

गर्भवती महिलालाई हेटौँडा अस्पताल ल्याउन नसकेपछि डोजरको माध्यमले खोला तारिँदै

मकवानपुर – मकवानपुरको भीमफेदी गाउंँपालिका वडा नम्बर–५, माथिल्लो दमारका २६ जना पहिरोको बीचमा फसिरहेका छन् ।

लगातार परेको पानीले घर वरिपरिबाट पहिरो गएको र पहिरोको बीचमा पाँच घरका २६ जना उद्धारको पर्खाइमा रहेका छन् । उनीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । स्थानीय सोमबहादुर घलान लगायतका ५ जनाको घर परिवारका २६ जना सदस्य जोखिमयुक्त ठाउँमा रहेका छन् ।

दमारमा सिमेन्ट उद्योगले वातावरणीय मापदण्डविपरीत खानी उत्खनन् गरेका कारण पहिरोको जोखिम बढेको हो । गाउँपालिकाले महिनाँ लगाएर निर्माण गरेका नयाँ बाटोका ट्रयाक तथा पूर्वाधार सडकका कारण पनि गाउँमा धेरै पहिरोको जोखिम बढेको छ ।

कोगटे, इपा, भीमफेदी दमार, सुपिङ्ग, ज्यामिरे, माण्डौ, धोरसिङ्ग र जुडिखेतमा समेत भारी वर्षाले सडकमा पहिरो गएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया