रतुवा खोला बाँध फुटाएर गाउँ पस्यो, ४० घर डुबानमा

 असार २७, २०७६ शुक्रबार १६:१०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - मोरङको रतुवा खोला बाँध फुटाएर गाउँमा पसेको छ ।

रतुवामाई नगरपालिका वडा नम्बर १० मंगलबारेबाट खोला बाँध फुटाएर गाउँ पसेको हो । खोला गाउँ पसेपछि त्याहाँका घर डुबानमा परेकाे छ ।  

हरेक वर्ष यसै ठाउँबाट खोला गाउँ पस्दै आएकोमा यो वर्ष पहिलो वर्षामा नै बाँध फुटेको स्थानीयले बताएका छन् । खोला बाँध फुटाएर गाउँ पसेपछि स्थानीय त्रसित भएका छन्  ।

मंगलबारेबाट फुटेको बाँधले रंगेली–विराटनगर सडक खण्डको दादरबैरिया क्षेत्रमा आउजाउ गर्न समस्या भएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया