भारतसँग समन्वय गरी सीमा क्षेत्रमा रहेका बाँध खुलाउने काम भैरहेकाे छ : प्रधानमन्त्री ओली

 असार २७, २०७६ शुक्रबार १६:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

लगातारको झरीका कारण आएकाे बाढी पहिरोले अहिलेसम्म ८ जनाको ज्यान गएकाे छ भने ४ सयभन्दा बढी घरमा क्षति पुर्‍याएको छ ।  

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै राहत र उद्धारका तदारुकताका साथ गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको पनि उल्लेख गर्नुभएको छ ।

यस्तै पूर्व सूचना प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको भन्दै पनि बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी नदीको बहाव खुलाउने काम भइरहेको बताउनुभएको छ । 

देशैभर बाढी र पहिराेकाे कहर : ८ जनाकाे ज्यान गयाे, ४ जना बेपत्ता

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया