बैतडीमा ढु‌ंगाले लागेर एक जनाको ज्यान गयो

 असार २७, २०७६ शुक्रबार १८:५९:४५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा ढुंगाले लागेर एक जनाको ज्यान गएको छ । सिगास गाउँपालिका वडा नम्बर–५, ढुङ्गाडका २९ वर्षीया कित्थी चुनाराको शुक्रबार ज्यान गएको हो ।  

शुक्रवार बिहान स्थानीय जिनजेनी भिरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर चुनाराको घटनास्थलमै ज्यान गएको सिगासका स्थानीय राजेन्द्र साउदले जानकारी दिनुभयो ।

मृतक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन् । घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया