अस्पतालबाटै शिशु चोरेर भाग्ने महिला सीसीटीभीमा देखिइन्

 असार २८, २०७६ शनिबार ६:२५:२१ | देव पचभैया
unn.prixa.net

पाल्पा –पाल्पामा अस्पतालबाटै शिशु चोर्ने महिला सीसी टीभीको फुटेजमा देखिएकी छिन् ।

कुर्ता सुरुवाल लगाएकी, अगाडि शिशु र पछाडि झोला बोकेकी महिलाले शिशु बोकेर अस्पतालबाट बाहिरिएको भिडियो प्रहरीले फेला पारेको छ ।

अस्पतालको सीसी क्यामेरा बिग्रिए पनि अस्पतालगेट निर रहेको एक होटलको सीसीटीभीबाट त्यो भिडियो लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । त्यही भिडियोका आधारमा शिशुको खोजबिन भैरहेको प्रहरीको भनाई छ ।

तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा जन्मिएको केही घण्टामै शिशु गायब भएको थियो । तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा  दिउँसो ३ बजे तिर हराएको प्रहरीको भनाइ छ ।

जमुनाकी आमा शिशुलाई लिएर क्यान्टिनमा ज्वानोको झोल लिन जाँदा शिशु हराएको हो । जमुनाकी आमाले ज्वानो झोल लिएर फर्किने क्रममा एक अपरिचित महिलाले ‘म ल्याइदिन्छु, तपाईँ हिँड्नुस्’ भन्दै शिशु लिएको र त्यहीँबाट शिशु लिएर भागेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया