भीमफेदीमा पहिरोको जोखिम, ९२ जनालाई सुरक्षित ठाउँमा सारियो

 असार २८, २०७६ शनिबार ७:११:४३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ को माथिल्लो दमारमा पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई उद्धार गरिएको छ । माथिल्लो दमारमा घरमाथि र घरमुिनबाट पहिरो गएपछि फसिरहेका १८ परिवारलाई उद्धार गरिएकाे हाे । 

पहिरोको जोखिममा रहेका १८ घरधुरिका ९२ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले लगातार ८ घण्टाको प्रयासपछि सुरक्षित स्थानमा सारेको छ । सेना र प्रहरीले सुरक्षित स्थानमा सार्नका लागि आग्रह गर्दा केही वृद्धवृद्धा सर्न नमाने पनि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक अमर खत्रीले बताउनुभयो ।

पहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारेर राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

पहिरोले विस्थापित केही भीमफेदी बजार क्षेत्रमा रहेका आफन्तको घरमा बसेका छन् भने अरु परिवारलाई भने नेपाल रेडक्रस सोसाइटी उपशाखा भीमफेदीको कार्यालयमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया