सीप सिकेर विदेश जान आग्रह

 असार २४, २०७५ आइतबार ११:३९:५९

सप्तरी – सप्तरी तिलाठी गाउँपालिकामा विदेश जाँदा अपनाउनु पर्ने सवधानीका बारेमा जानकारी गराइएको छ । 

कोइलाडीमा गाउँपालिकाको सहयोग तथा सबल नेपाल राजबिराजको आयोजनामा विदेश जान लागेका, विदेशबाट फर्किएका र उनीहरुका परिवारका सदस्यसँग सुरक्षित वैदेशिक रोजगारका बारेमा अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गोपी मण्डलले विदेश जाँदा सीप सिकेर मात्र जान आग्रह गर्नुभयो । साथै, विदेश जाने युवाले म्यानपावर वा एजेन्टलाई बुझाएको रसिद अनिवार्य राख्नुपर्ने, विदेश जानुअघि पर्याप्त जानकारी लिएर जानुपर्ने लगयतका कुरामा जोड दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया