त्रिशूलीमा ट्रक खस्यो : सहचालक  बेपत्ता, चालकको उद्धार

 असार २८, २०७६ शनिबार ८:१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

चितवन – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।

ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । भैरहबाबाट दाना बोकेर काठमाण्डौ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक शनिबार बिहान साढे एक बजे त्रिशूलीमा खसेको हो ।

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापा मगर घाइते हुनु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उहाँको उपचार भइरहेको छ । 

प्रहरीका अनुसार माथिबाट खसेको ढुंगा छल्न खोल्दा अनियन्त्रित भएर ट्रक त्रिशूलीमा खसेको हो । 

ट्रक पूरै पानीमा डुबेको र  नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया