मकवानपुरमा खोलाले बगाएर एक जनाको ज्यान गयो, पहिरोले पुरिएकी महिलाको ७ घण्टापछि उद्धार

 असार २८, २०७६ शनिबार ९:२९:५२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–१०, मा खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।

डर खोला तर्ने क्रममा हिजोबाट बेपत्ता भएका स्थानीय सानुकान्छा सुनारको शव शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । खोलाले बगाएर शुक्रबारदेखि बेपत्ता भएका सुनारलाई बगाएको स्थानबाट दुई सय मिटर तल फेला पारिएको प्रहरीले जनाएको छ । 

यसैगरी मकवानपुरको कैलाश गाउँपालिका–५, कालीखोलामा पहिरोले पुरिएकी ५५ वर्षीया तारामाया पाख्रिनको ७ घण्टापछि उद्धार गरिएको छ । शुक्रबार दिउँसो १२ बजे पहिरोमा पुरिएकी तारामायालाई स्थानीय युवाले साँझ ७ बजे उद्धार गरेको वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो ।

गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी तारामायालाई उपचारको अस्पताल लगिएकोे लामाले बताउनुभयो । उहाँको खुट्टा भाँच्चिएको छ भने शरीरका अन्य भागहरुमा चोटपटक छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया