त्रियुगा नदीको बाँध भत्कियो, १० घर सम्पर्कविहीन

 असार २८, २०७६ शनिबार १०:२७:५१ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – बिहीबारदेखि लगातार परेको वर्षाले उदयपुरको त्रियुगा नदीको बाँध भत्किँदा १० घर परिवार बाढीमा फसेको छ ।

चौदण्डीगढी नगरपालिका–५, बेल्हापट्टीको बाँध भत्किँदा खैरा टोलमा बसोबास गर्दै आएको १० घर परिवारका मान्छेहरु अहिले बाढीमा फसिरहेका छन् ।

बाढीमा फसेकाहरु घरको छानो र टाँडमाथि रहेकोले उद्दारको पर्खाइमा रहेका छन् । बाँध भत्किएर आएको बाढीले थुप्रै घर भत्काएको छ ।  साथै गाईबस्तुलाई बगाएको छ भने मानिसहरुको बारेमा केही जानकारी नआएको स्थानीय भाष्कर चौधरीले बताउनुभयो । उहाँका अनुसार स्थानीय युवाहरुले उद्धारको प्रयास गरे पनि बाढीको बेगको कारण उद्धार हुन सकेको छैन ।

नेपाल टेलिकमको टावरमा समस्या हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । स्थानीयहरुले उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छन् ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया