पहिरोले घर पुरिँदा भोजपुरमा एकै परिवारका ३ जनाको ज्यान गयो

 असार २८, २०७६ शनिबार १२:६:१ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - लगातारकाे वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा  कुमार राईको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको ज्यान गएको हो ।

शनिबार बिहान पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोमा पुरिएर घरमा बसिरहेका राईका श्रीमती र दुई छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । पहिराे गएका बेला कुमार राई भने घरमा नभएकाे प्रहरीले जानकारी दिएकाे छ ।

स्थानीय नागरिकले शव निकाल्न नसकेपछि एक्स्काभेटरकाे सहयाेगमा शव निकाल्ने प्रयास भैरहेकाे  प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया