बाढी पहिराेमा परेर ज्यान गुमाउनेकाे संख्या ३० पुग्याे, १३३ जनाको उद्धार

 असार २८, २०७६ शनिबार १५:४३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् । 

स्थानीय प्रहरी कार्यालय र विपद् व्यवस्थापन महाशाखाबाट परिचालित टोली समेतकाे सक्रियतामा काठमाण्डौमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिरहामा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १-१ जना गरी १३३ जनाको उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।

मृतकहरुको जिल्लागत संख्या 

बाढी पहिरोमा परेर ललितपुरमा ५ जना, काठमाण्डाै, खोटाङ र काभ्रेमा ३-३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २-२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा १-१ जना गरी ३० जनाको ज्यान गएको हो । 

यस्तै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवनमा १-१ जना गरी १२ जना घाइते भएका छन् । बेपत्ता हुनेहरुमा सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाण्डौ, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १-१ जना गरी १८ जना रहेका छन् ।

बाढी पहिराेबाट जनधनकाे उद्धारका तथा अवराेध भएका सडक तथा बाटाे खुलाउनका लागि प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरुसहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि २७,३८० प्रहरी कर्मचारीहरु परिचालित गरिएकाे पनि प्रहरीले जनाएकाे छ। 

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया