कमला नदीमा फसेका १८ जनामध्ये ९ जनाकाे उद्धार

 असार २८, २०७६ शनिबार १७:५४:४४ | शैलेन्द्र महतो
unn.prixa.net

काठमाण्डौ – सशस्त्र प्रहरीकाे टाेलीले धनुषाकाे कमला नदीमा फसेका नौ जनाको उद्धार गरेको छ । 

सशस्त्र प्रहरीको बाहिनीबाट परिचालित क्षेत्रीय विपद् व्यवस्थापन टोलीले शनिबार धनुषाको शहीद नगरपालिका बत्राइमा फसेका ९ जनालाई उद्धार गरेको हो ।

टोलीले शहीद नगरपालिका बत्राइको कमला नदीको बगरमा झुपडी घरमा फसेका ५ जना र कमलामाई नगरपालिका-७ को हसमुढा सखलामा रहेको कमला नदी बीचमा फसेका ४ जना गरी ९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको हाे । 

९ कामदार फसे

धनुषाको सघारा र सिरहाको बस्तीकट्टा गाउँपालिकाको बीच कमला नदीमा निर्माणाधीन हुलाकी सडकको पुल बनाउन खटिएका इन्जिनियरसहित ९ जना बाढीमा फसेका छन् । बिहीबार साँझ पुल निर्माणका लागि पुगेका इञ्जिनियर जमुना यादवसहित ९ कामदार बाढीका कारण बीचमा फसेका हुन् ।

उनीहरुले फोन गर्दै आफ्नो उद्धार गरिदिन प्रशासनसँग हारगुहार गरेका छन् । आफूसहित दुई जना चौकीदार, स्काभेटर चालकसमेत बाढीमा फसेको सुपरभाइजर इन्द्र पटेलले बताउनुभयो । 

लगातार वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाको विभिन्न स्थानहरु डुबानमा परेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया