सोमपाललाई २ वर्षसम्म रेड रकको प्रायोजन

 असार २८, २०७६ शनिबार १८:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेट सामग्री उत्पादक कम्पनी रेड रकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामीलाई प्रायोजन गरेको छ ।

रेड रकको प्रायोजन पाउने उनी तेस्रो नेपाली क्रिकेटर हुन् । यसअघि गएको वर्षको डिसेम्बर महिनामा भीम सार्की र गएको महिना करण केसीले रेड रकको प्रायोजन पाएका थिए ।

आउँदो दुई वर्षसम्मका लागि गरिएको प्रायोजन बापत सोमपालले ३ देखि ५ हजार अमेरिकी डलर बराबरको रकम तथा क्रिकेट किट पाउनेछन् । क्यानडामा हुने ग्लोबल ट्वान्टी–२० लिगका लागि छनोट भएसँगै सोमपाल अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

सोमपाल अहिले दुई ट्वान्टी–२० खेलको श्रृङ्खलाका लागि मलेसियामा छन् । यसपछि जुलाई २० देखि २८ सम्म सिंगापुरमा हुने ट्वान्टी–२० विश्वकप एसिया छनोट खेल्न क्यानडा प्रस्थान गर्नेछन् ।

सन् २००७ मा स्थापना भएको रेड रकले भारतीय खेलाडीहरु सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी, वीरेन्द्र सहवाग, युवराज सिंह र रोबिन उथप्पालगायतलाई प्रायोजन गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया