ठगी मुद्दामा बयान लिन सोनाक्षीकै घरमा पुग्यो प्रहरी टोली

 असार २९, २०७६ आइतबार १०:२८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला ठगीको मुद्दाका कारण विवादमा तानिएकी छिन् । 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, सोनाक्षीले सन् २०१८ को सेप्टेम्बरमा एक स्टेज शोमा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई यो कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ पनि दिइएको थियो । तर पछि सोनाक्षी त्यो कार्यक्रममा सहभागी भइनन् । 

त्यसपछि सोनाक्षीविरुद्ध ठगी गरिएको भन्दै मुद्दा दर्ता गरिएको थियो । यही घटना बारेमा सोनाक्षीको बयान लिन प्रहरी टोली मुम्बई गएको थियो । ठगी गरेको मुद्दामा प्रहरी टोली सोनाक्षीको बयान लिन जुहुस्थित उनको घरमा पुगेको थियो ।  

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोली सोनाक्षीको घर पुग्दा उनी घरमा थिइनन् । तसर्थ प्रहरी टोली फेरि दोस्रो पटक सोनाक्षीको घर जानसक्ने बताइएको छ । यस घटनाका विषयमा सोनाक्षीका म्यानेजरले भने सोनाक्षीलाई लगाएका सबै आरोप झूटाे रहेको बताएका छन् । साथै उनले यो सबै सोनाक्षीको छवी खराब गर्ने तरिका भएको बताएका छन् । 

केही समयअघि सोनाक्षी सिन्हा चलचित्र ‘कलंक’ मा देखिएकी थिइन् तर त्यो चलचित्रले बक्स अफिसमा सफलता हासिल गर्न सकेको थिएन । अहिले सोनाक्षी आगामी चलचित्र ‘खानदानी सफाखाना’ को प्रचारमा व्यस्त छिन् । यो चलचित्र सन् २०१९ को अगष्ट २ मा रिलिज हुनेछ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया