कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
इलाम – परीक्षा दिएर घर फर्कँदै गरेका तीन विद्यार्थीलाई शनिबार खोलाले बगाउँदा बेपत्ता भएका छन् । स्थानीय माइ भगवती माविमा अध्ययनरत तीन विद्यार्थी माइखोला तरेर घर फर्कने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
बेपत्ता हुनेमा माइनगरपालिका वडा नम्बर एकका तीन विद्यार्थी सुनिता साउदेन, निसा सुनुवार र आकृति लिम्बु रहेका छन् । उनीहरु तीनै जना कक्षा नौ मा अध्ययनरत थिए ।
माइ नगरपालिकाको वडा नम्बर-६, महमाईमा रहेको माइ भगवती माविबाट शुक्रबार परीक्षा उनीहरुसँगै घर फर्किएका भिम नेम्वाङ्ग भने खोलामा भेल आउनु अगाडि नै तरेकाले सकुशल घर फर्कन सफल भएको स्थानीय सुवर्ण राईले जानकारी दिनुभयो ।
बेपत्ता सबैको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।