सरकारले राजस्व बढाएपछि नेपाली दूतावास युएईले लिने सेवा शुल्कमा हेरफेर (विवरण)

 असार २४, २०७५ आइतबार १३:१५:२५ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – सरकारले राजस्व बढाएपछि नेपाली दूतावास युएईले लिने सेवा शुल्क हेरफेर गरेको छ । कागजात प्रमाणीकरण र सेवामा लाग्ने दस्तुर वृद्धि गरिएको छ । मन्त्रीपरिषद्ले असार १५ गते गरेको निर्णय अनुसार साउन १ गतेदेखि लागु हुने गरी नयाँ शुल्कबारे दूतावासले जानकारी गराएको हो । 

मन्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता तथा श्रम सम्बन्धी अन्य सेवाहरु, विवाह दर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणित, लाइसेन्स, विभिन्न प्रकारका निवेदनमा एक सय ५० दिर्हाम  लाग्ने कार्यवाहक राजदूत सागप्रसाद फुँयालले जानकारी दिनुभयो । यस्तै बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण, बसाईं सराई, प्रहरी प्रतिवेदन, चिकित्सको प्रमाणपत्र लगायतमा एक सय ९० दिर्हाम शुल्क लाग्ने छ । 

यसअघि अधिकृत वारेसनामा जारी गर्दा एक सय दिर्हाम शुल्क लाग्दै आएकोमा अब बढेको मूल्य अनुसार तीन सय ७० दिर्हाम कायम गरिएको छ । नयाँ कायम गरिएको सेवा शुल्कमा सबैभन्दा धेरै कामदार मागपत्र प्रमाणीकरणमा बढेको छ । 

एकदेखि २५ जना कामदार मागपत्र प्रमाणीकरण सम्बन्धमा नौ सय २० दिर्हाम, २६ देखी १०० जनाको मागपत्रमा ११ सय दिर्हाम र एक सय भन्दा धेरै कामदारको मागपत्र भए १२ सय ८० दिर्हाम सेवा शुल्क लाग्ने तथा प्रमाणीकरण भएका कागजात सच्चाउन परेमा प्रति कागजात तीन सय ७० दिर्हाम सेवा शुल्क लाग्नेछ । 

यसअघि कामदार मागपत्र प्रमाणीकरणका लागि प्रति पेज एक सय ५० दिर्हाम मात्रै शुल्क लिने गरिन्थ्यो । तर अब भने कामदार माग संख्याका आधारमा सेवा शुल्क लिइने भएको छ । 

दूतावासले प्रदान गर्ने कल्याणकारी प्रकारका सेवा अन्तरगत अंग प्रत्यारोपणका लागि सिफारिस, खोजतलास तथा उद्धार कार्यका लागि सिफारिस, घाइते, मृतकको क्षतिपूर्ति, कामदारका समस्या सम्बन्धी निवेदनमा भने कुनै शुल्क नलाग्ने दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जानकारी दिनुभयो । 

सेवा शुल्कबारे दूतावासले जारी गरेको सूचि 

याे पनि पढ्नुहाेस्

युएई आएको चार महिनामै अस्पतालको बास, दूतावासको पहलमा उपचार

साउदीको जेलमा रहेका दिलबहादुरको उद्दारका लागि युएईबाट साढे ५ लाख सहयोग

अन्तिम अपडेट: चैत १२, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया