बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो, २६ जना बेपत्ता

 असार २९, २०७६ आइतबार १८:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म २४ जना महिला र ३६ जना पुरुष गरी ६० जनाले ज्यान गुमाइसकेका छन् । 

बाढी पहिरोमा परेर १७ जना महिला र २१ जना पुरुष गरी ३८ जना घाइते भएका छन् । त्यस्तै १२ जना महिला र १४ जना पुरुष गरी २६ जना बेपत्ता भएका छन् । 
एक हजार चार सय ४४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

गएको बिहीबारदेखि देशभर लगातार वर्षासँगै बाढी पहिरो जाने क्रम सुरु भएको थियो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया