नेपालमा कृषि क्षेत्रमा लगानी गर्न ओमानलाई प्रस्ताव

 असार २९, २०७६ आइतबार १८:५८:४८ | उज्यालो सहकर्मी

यूएई – कृषि क्षेत्रमा लगानी गर्न नेपालले ओमानलाई प्रस्ताव गरेको छ ।

ओमानका लागि नेपाली राजदूत  शर्मिला पराजुली ढकालले त्यहाँको सरकारका कृषि तथा माछापालन मन्त्री डाक्टर हामिद साइद अल औफीलाई भेटेर लगानीको प्रस्ताव गर्नुभएको हो । 

नेपालको तर्फबाट राजदूत ढकालले राखेको प्रस्तावलाई ओमानले सकरात्मक रुपमा लिएको र दुई देशको आपसी हितमा काम गर्न ओमान सधैं तयार रहेको मन्त्री औफीले बताउनुभयो । 

नेपालमा कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको र अर्गानिक रुपमा कृषिजन्य उत्पादन गर्न सके विश्व व्यापारिकरणमार्फत बजार पाउने भएकाले पनि ओमानलाई लगानी गर्न राजदूत ढकालले प्रस्ताव गर्नुभएको हो ।

भेटमा नेपालमा कृषि तथा जडिबुटी , फलफूल र तरकारी उत्पादनको सम्भाब्यताबारे पनि कुराकानी भएको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया