विश्वकप क्रिकेट २०१९ : न्यूजिल्याण्डका कप्तान विलियम्सन बने प्लेयर अफ् द टुर्नामेन्ट

 असार २९, २०७६ सोमबार १:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपको २०१९ संस्करणको प्लेयर अफ् द टुर्नामेन्टको उपाधि न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले जितेका छन् ।

न्यूजिल्याण्डलाई फाइनलसम्म पुर्याउनका लागि महत्वपूर्ण योगदान दिएका विलियम्सनले कप्तानको भुमिकामा उत्कृष्ट रणनीति अपनाए भने मैदानमा उत्रिँदा पनि कप्तानी इनिङ खेले । उनले यो विश्वकपमा ५७८ रन बनाए, जुन समग्रमा सर्वाधिक चौथो हाइ स्कोर हो ।

यस क्रममा उनले १४८ रनको विस्फोटक इनिङ पनि खेलेका थिए । दुईवटा शतक र दुईवटा अर्धशतक बनाएका विलियम्सनले ५० चौका प्रहार गरे ।

इंग्ल्याण्डका बेन स्टोक्स प्लेयर अफ् द फाइनल म्याच घोषित भए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया