गुफामा फसेका बाल फुटबलर र उनीहरुका प्रशिक्षकलाई निकाल्न अभियान सुरु

 असार २४, २०७५ आइतबार १४:२३:३० | एजेन्सी
unn.prixa.net

उत्तरी थाइल्याण्डको एउटा गुफामा १५  दिनदेखि फसेका १२ बालक र उनीहरुका प्रशिक्षकलाई बाहिर निकाल्न अभियान सुरु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजे २३ जना उद्धारकर्ताको समूह बच्चाहरुलाई बाहिर निकाल्न पठाइएको छ ।

गएको २३ जुनमा गुफामा घुम्न गएका बालबालिका र उनीहरुका प्रशिक्षकलाई ९ दिनपछि गएको मंगलबार गुफाभित्र सकुशल रहेको भेटिएको थियो । गएको मंगलबारदेखि नै उनीहरुको उद्धारको लागि प्रयास गरिएपनि उनीहरुलाई बाहिर निकाल्न सकिएको छैन । 

थाइल्याण्डबाट आइतबार प्राप्त जानकारीका अनुसार 

–बच्चाहरुको उद्धारका लागि जसको जरुरी छैन उनीहरु गुफाको प्रवेशद्वारबाट पछि हट्न आइतबार बिहान थाइल्याण्डका अधिकारीहरुले आदेश दिएका छन् ।

–गुफाको प्रवेशद्वार आसपासको ठाउँ खाली गरिएको छ । आइतबार दिइएको जानकारी अनुसार सबैभन्दा ठूलो उद्धारको कार्य सुरु भएको छ ।

–यस बारेमा उद्धारकर्मीहरुले बच्चाहरुको परिवारलाई सूचना दिइसकेका छन् ।

–सञ्चारकर्मीहरुलाई पनि गुफाको प्रवेश द्वार बाट टाढा रहनका लागि भनिएको छ । भिड जम्मा हुँदा बचाउ कार्यमा असजिलो हुने प्रहरीले जनाएको छ ।

–उद्धार कार्यमा संलग्न उद्धारकर्मीहरुका अनुसार पहिलेको भन्दा पानीको सतह कम भएको छ । हजारौँ लिटर पानी गुफाको बाहिर फालिएको छ ।

गुफाभित्र बालक र उनीहरुका प्रशिक्षक भएको ठाउँमा पुग्नका लागि बैकल्पिक बाटो निर्माणको काम भैरहेको छ । 

चुनौति

बीबीसी संवाददाता जनाथान हेडका अनुसार उद्धारकर्मीका लागि यो ठूलो चुनौति हुनेछ । अधिकारीहरुले बताए अनुसार १३ जनालाई बाहिर निकाल्न कम्तीमा पनि तीनदेखि चार दिन लाग्न सक्छ । तर यसअघि नै बच्चाहरुलाई बाहिर निकाल्नका लागि तीन–चार महिना पनि लाग्न सक्छ

शनिबार भएको वर्षाका कारण गुफामा फेरि पानी बढ्छ कि भन्ने चिन्ता बढ्न थालेको छ । चियांग राइ प्रान्तका गभर्नर तथा बच्चाको उद्धारका लागि खटिएका नोरोग्साकले बच्चाको स्वास्थ्य स्थिति राम्रो भएको बताएका छन् । उनले बताएअनुसार अब दुई दिनसम्म पानी पर्ने सम्भावना छैन र गुफाबाट धेरै पानी बाहिर निकालिसकिएको छ । त्यसैले पनि यो बच्चाहरुका लागि बाहिर निकाल्ने उपयुक्त समय हो ।

गुफाको प्रवेशद्वारबाट करीब ४ किलोमिटर भित्र बच्चाको समूह फसेको छ । त्यहाँ उनीहरुका लागि खाना, पानी औषधि र अक्सिजन पठाइएको छ । तर जुन ठाउँमा यी बच्चाहरु बसेका छन् त्यहीँ नजिकै पानीको मात्रा धेरै छ । 

बच्चाहरुलाई बचाउनका लागि कति मुश्किल छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । शुक्रबार उद्धारकार्यमा संलग्न एक उद्धारकर्ता समन गुननको ज्यान गएको थियो । 

बच्चाको सन्देश 

यसअघि नै थाइल्याण्डको जलसेनाले बच्चाद्वार लेखिएको केही शन्देश सामाजिक सञ्जालमा शेयर गरेका थिए । केही बच्चाले लेखेका थिए ‘तपाईँहरु चिन्ता नगर्नुहोस् ... हामी सबै बहादुर छौँ ।’ कोही बच्चाहरुले गुफामा आफूलाई मन पर्ने खाना मगाएका थिए ।

बच्चाको अलावा २५ वर्षीय प्रशिक्षक इक्कापोल चांन्तावान्ग ले पनि एउटा लिखित शन्देश दिएका थिए ‘जे भैरहेको छ यो सबैको लागि सबै बच्चाको परिवारसँग म माफी माग्छु । मलाई माफ गरिदिनुहोस् ।’

कसरी फसे ? 

बच्चाहरु र उनीहरुका कोच २३ जुनको साँझमा फुटबल अभ्यास गरेपछि गुफा हेर्नका लागि गएका थिए । तर भारी वर्षाका कारण आएको बाढीका कारण गुफाको प्रवेशद्वार बन्द भएको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया