भारतले चन्द्रमामा पठाउन लागेकाे अन्तरिक्ष यानमा प्राविधिक त्रुटि, राेकियाे प्रक्षेपण

 असार ३०, २०७६ सोमबार ११:२५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतले चन्द्रमामा पठाउन लागेको अन्तरिक्ष यानमा प्राविधिक त्रुटि देखिएको छ । आइतबार राति २ बजेर ५१ मिनेटमा चन्द्रमाको थप अनुसन्धानका लागि पठाउन लागेको चन्द्रयान २ नामक यानमा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण नगरिएको बीबीसीले जनाएको छ ।

प्रक्षेपणका लागि तय गरिएको भन्दा एक घण्टा अगाडी प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थगित गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इज्रोले जनाएको छ ।

अब प्राविधिक समस्या पहिचान गरेर अन्तरिक्ष यान प्रक्षेपणको नयाँ समय तय गरिने छ । चन्द्रमामा रहेको पानी, खनिज र चट्टानको अवस्थितीका बारेमा अनुसन्धान गर्न भारतले रकेट प्रक्षेपण गर्न लागेको थियो ।

यसअघि अमेरिका, चीन र रुसले चन्द्रमामा अन्तरिक्ष यान पठाएका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया